मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १ बिहीबार १५:५३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

स्कुल–कलेज पुनः सञ्चालनमा ल्याउनुअघि सिडिसीको सुझाब- इन्डोरभन्दा आउटडोरमा जोड दिऔँ

Read Time : > 1 मिनेट
२०७७ असोज १ बिहीबार १५:५३:००

लकडाउन र निषेधाज्ञा सकिएसँगै स्कुल–कलेजहरू अब कसरी पुनः सञ्चालनमा ल्याउने भन्ने बहस हुन थालेको छ । कोरोना (कोभिड–१९) संक्रमण र जोखिम नघटे पनि अब कोभिडसँगै दैनिकी चलायमान बनाउन सर्वसाधारण तयार हुँदै गएका छन् । यही मान्यतालाई विद्यालय–कलेजले पनि जोड दिइरहेका छन् ।  

कतिपय विद्यालय–कलेजहरूले त अनलाइन कक्षा सञ्चालन गरी विद्यालय बन्द भए पनि सिकाइ बन्द गरेका छैनन् । तर, नेपालजस्तो भौगोलिक रूपमा विकट र आर्थिक हिसाबले कमजोर देशका अभिभावक र विद्यार्थीका लागि अनलाइन कक्षा विकल्प बन्न सकिरहेको छैन । यसकारण विकसित देशहरूले समेत सावधानी अपनाएर विद्यालय–कलेज खोल्न थालेका छन् ।  बालबालिकाको शैक्षिक सत्रमै असर पर्ने देखिएपछि सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सकिनेमा विज्ञहरू सकारात्मक देखिन्छन् । सावधानीसँगै विद्यालयहरू पुनः सञ्चालन गर्न अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले निर्देशिका जारी गरेको छ । निर्देशिकाअनुसार स्कुलमा बालबालिकाको तहअनुसार भौतिक दूरीको प्रोटोकल अपनाउन भनेको छ । जस्तै, प्रि–स्कुलका बालबालिकालाई सानो समूह बनाएर एक शिक्षकले मात्र पढाउने र कम्तीमा तीनदेखि ६ फिट दूरीमा राख्न सकिन्छ । सुरुवातमा विद्यालय–बसाइ समय घटाउन सकिन्छ । विद्यालयमा अनावश्यक भिजिटर नल्याउन निर्देशिकामा उल्लेख छ । इन्डोरभन्दा आउटडोर अर्थात् खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ । 

यसरी सुरक्षित बनाउन सकिन्छ विद्यालय
विद्यालय संक्रमणबाट सुरक्षित बनाउन कक्षाकोठामा मात्र नभई स्कुलबस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । भौतिक दूरी अनिवार्य कायम गराउन आवश्यक हुन्छ । विद्यालयमा दैनिक स्वास्थ्य चेकजाँचको व्यवस्था गर्नुपर्छ । सँगै बालबालिका घर फर्किसकेपछि पनि अभिभावकले बालबालिकाको स्वास्थ्य परीक्षण र अवलोकन नियमित गर्नुपर्छ । सामान्यतया प्रि–स्कुलहरूमा बालबालिकाले सामाजिक दूरी कायम राख्न सक्दैनन् । साना बालबालिकाका लागि प्रत्येक विद्यालयमा नर्सको व्यवस्था गर्नुपर्छ । 

बालबालिकाको स्वास्थ्य व्यवस्थापनका लागि नियमित स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य हाइजेनिक खाना पनि उत्तिकै आवश्यक हुन्छ । रोग प्रतिरोधी क्षमता विकास र अन्य संक्रमणबाट बचाउन बालबालिकाको पोषणमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । 

सहयोगी कर्मचारी आवश्यक
विद्यालयमा सानो समूह बनाएर भौतिक दूरी कायम गर्दा विद्यार्थीको सुरक्षित व्यवस्थापनको लागि साबिकभन्दा बढी शिक्षक आवश्यक हुन्छन् । यस्तै कामको प्रेसर कम गर्न, स्वास्थ्य प्रोटोकल अपनाएर पठनपाठन गराउँदा बढी जनशक्ति चाहिन्छ । सामान्यतः खुला स्थानमा पठनपाठन गारउन सक्ने विद्यालयले सञ्चालनमा ल्याउन सक्छन् । 
बारम्बार छोइने रेलिङ, ढोका, खेलकुदका साम्रगी, पाठ्यसामग्री, कक्षाकोठा, क्यान्टिन लगातार सफा गर्नुपर्ने हुन्छ । बस र कक्षाकोठासमेत नियमित सफा गर्नुपर्छ । सबै उमेर समूहका बालबालिकामा संक्रमणको जोखिम भए पनि एकनास हुँदैन । विद्यार्थीको स्वास्थ्य चेकजाँच गरेर मात्र विद्यालय प्रवेश गराउन आवश्यक हुन्छ ।