मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१९:oo

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ६ स्थित चोरखोलामा साेमबार राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।     

सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसेपछि दुईतर्फी नै सडक अवरुद्ध बनेको छ । पानी परिरहेकाले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका– १ भतेरीमा पनि सालको रूख ढलेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा यस वर्ष मात्रै दर्जनौँपटक पहिरो गएर सडक अवरुद्ध भएको छ ।