१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण ४ आइतबार ०६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जाजरकोटको बारेकोटमा खाद्यान्न संकट

Read Time : < 1 मिनेट
२०७७ श्रावण ४ आइतबार ०६:३५:००

पहिरो प्रभावित जाजरकोटको बारेकोट गाउँपालिकामा खाद्यान्न संकट देखिन थालेको छ । बाढीपहिरोको त्रासले पाँच सय बढी परिवार विस्थापित भएर विद्यालय, गोठ र चउरमा बसिरहेका छन् । भएको खाद्यान्न सकिँदै गएपछि विस्थापित परिवार समस्यामा परेका छन् ।

बारेकोटकोमा गएको पहिरोमा परेर अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ । तीनजना बेपत्ता छन् । गाउँपालिकाका विभिन्न ठाउँमा धाँजा फाटेका छन् भने पहाडमा चिरा परेको छ ।

बारेकोटमा खाद्यान्न किन्न नपाइने भएकाले विस्थापितहरू भोकभोकै पर्न थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए । बारेकोट गाउँपालिकामा उत्पादित अन्नले वर्ष दिनमा ६ महिना मात्र खान पुग्छ ।

यातायातको असुविधाका कारण ढुवानी समस्याले निजी क्षेत्रमा खाद्य पसल छैनन् । मानिस खाद्य संस्थानको चामलकै भर पर्ने गरेका छन् । बर्सेनि खाद्य संकट भइरहने जाजरकोटको बारेकोटका करिब २० हजार जनताका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिवेला रित्तै छ । खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा खाद्यान्न संकट देखिएको छ ।