१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ

जनता रेमिटको सेवा बेलायतबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १४ सोमबार ०६:१०:००

‘नेपाली जनताको बैंक, जनता बैंक’ नाराका साथ वित्तीय सेवा पु¥याउँदै आएको यस जनता बैंकले बेलायतबाट रेमिट्यान्स सेवा सञ्चालन गरेको छ ।

यसै आर्थिक वर्षदेखि भारतलगायत देशबाट समेत इन्टरनेसनल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको बैंकले बेलायतको बराक साजन एक्सचेन्ज लिमिटेडसँग सम्झौता गरी रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बराक साजन एक्सचेन्ज लिमिटेड इंग्ल्यान्ड र वेल्समा एक्स्चेन्ज कम्पनीका रूपमा आबद्ध बराक बैंक लिमिटेड बंगलादेशको भगिनी संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट एक्स्चेन्ज सेवा पुर्‍याउँदै आएको बराक साजन एक्सचेन्जले यो सम्झौतासँगै पहिलोपटक नेपालमा सेवा सुरु गरेको हो ।

बराक साजन एक्सचेन्जले निकट भविष्यमै पोल्यान्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दै छ । 

उक्त रेमिट सेवाबाट पठाइएको रकम नेपालभर रहेका जनता बैंकको १ सय २९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा
गर्न सकिनेछ ।