१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ ५ सोमबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ

निम्बस समूहका सबै कर्मचारीको कोभिड-१९ बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ ५ सोमबार ०६:१४:००

खाद्यान्न तथा पशुपक्षी आहारा उत्पादन तथा बिक्री गर्ने निम्बसले आफ्ना सबै कर्मचारीको कोभिड–१९ बिमा गरेको छ । कम्पनीले शिखर इन्स्योरेन्समा आफ्ना कर्मचारीको बिमा गरेको हो । 

कम्पनीले अहिले पनि कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाइ सधैँ प्राथमिकतामा रहिआएको जनाएको छ । कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै उद्योगहरूमा सचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ्य जाँच गर्ने, डिसइन्फेक्सन टनेलको प्रयोग गर्दै आएको जनाएको छ । 

त्यस्तै, सामाजिक दूरीको पालना, अत्यावश्यकबाहेक अन्य कर्मचारीलाई घरबाटै सेवा दिने अवधारणा लागू गर्दै आएको कम्पनीको दाबी छ । अत्यावश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा अनलाइनमा आएका मागहरूलाई सुरक्षित ढुवानी गर्न पिपिईको समेत प्रयोग गर्दै आएको जनाइएको छ ।

यति गर्दा पनि सम्भावित जोखिम तथा त्यसबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा निम्बसका देशभर रहेका ५ सय ३६ जना कामदार तथा कर्मचारीको बिमा गरिएको कम्पनीले जनाएको छ । सबै कर्मचारीलाई मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर आदि उपलब्ध गराउनुका साथै सबै किसिमका जोखिम न्यूनीकरणका लागि कार्यस्थलभित्र आवश्यक सामाजिक दूरी कायम गर्न सिकाएको कम्पनीले जनाएको छ ।