१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

तीन वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बिमामा समेटिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ २ शुक्रबार १७:०१:००

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी तीन वर्षभित्र देशका सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने बताएकी छिन् । 

राष्ट्रपति भण्डारीले शुक्रबार संघीय संसदमा सरकारको आगामी आव ०७७/७८को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्ने बताएकी हुन् ।

हाल स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सय ५१ स्थानीय तहका २७ लाखभन्दा बढी नागरिकको  स्वास्थ्य बिमा गरिएको उनले जानकारी दिइन् । 

आगामी तीन वर्षभित्र सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बिमालाई विस्तार गरिने उनले बताइन् ।