१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल लाइफको ‘केटाकेटी सुनौलो भविष्य बिमा योजना’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४१:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बिमा योजना’ सार्वजनिक गरेको छ।  

बालबालिकाका लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित यो योजना ल्याएको कम्पनीले जनाएको छ । योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बिमा योजनाले प्रदान गर्ने बताइएको छ । ‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ नाराका साथ सार्वजनिक गरिएको बिमा योजना बालबालिकासम्बन्धी सावधिक जीवन बिमा (मुनाफामा सरिक हुने) हो । 

यसमा बिमित बालबालिकाको प्रवेश उमेर एक महिना (३० दिनपछि)देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्षदेखि ६५ वर्षसम्म रहने कम्पनीले जनाएको छ । साथै, न्यूनतम बिमाशुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ ।

ad
ad