१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
प्रदीप न्यौपाने
२०७६ मङ्सिर ११ बुधबार २०:०२:००
Read Time : > 1 मिनेट
ब्लग

भारतलाई भनौँ, भोट गरौँ

Read Time : > 1 मिनेट
प्रदीप न्यौपाने
२०७६ मङ्सिर ११ बुधबार २०:०२:००

हामी नेपालीलाई मतदान गर्न निकै मनपर्छ । त्यसैले त हामीलाई चुनाव मनपर्छ । नेता मनपर्छ, व्यक्ति मनपर्छ, पार्टी मनपर्छ । चुनावका बेला नेताले दिने भोज अझै मनपर्छ । पार्टीले लिएका एजेण्डा सही वा गलत भन्ने कुरामा छलफल/वादविवाद शायद मनपर्दैन । कुनै पनि चुनाव नेपालीलाई चुनाव मनपरेकै छ । चाहे त्यो संविधानसभाको होस्, खानेपानीको होस्, स्कुल वा कुनै क्याम्पस व्यवस्थापन समितिको चुनाव नै किन नहोस् ।

चुनाव भनेपछि महिनौ अघिदेखि चहलपहल सुरु हुन्छ । सबै व्यस्त देखिन्छन् । लाग्छ कति चिन्तित छन् जनप्रतिनिधिहरू आफ्नो देश र संघसंस्थाहरूप्रति । चुनाव भएकै छन्, नेता लडेकै छन् र जनताले भोट दिएकै छन् । 
बहुमत जनताले भोट गरेनन् रे भन्ने समाचार कहिले सुन्न परेको छैन । भोट नदिएर नेतालाई निरास कहिल्यै पारेका छैनन जनताले । विद्यालय, अस्पताल, संघसंस्था, उद्योग(कार्यालयहरू या भनौं देशै हप्ता दिन बन्द गरेर पनि नेताप्रति इमान्दार जनता र्‍यालीमा पुगेकै छन् । झण्डा बोकेर गीत घन्काउँदै नाचेकै छन् । 

हाम्रो भोट गर्ने पराक्रम यतिमै कहाँ टुङ्गिन्छ ? हामी भोटमा कुनै पनि देशलाई चुनौती दिन सक्छौं । इन्डियन आइडलमा नेपालीजस्तो अनुहार देखियो भनेर एक अर्ब बेसी जनता भएको मुलुकको नतिजा उल्टाउन सक्छौं । सायद भारतीयहरूलाई थाहा छैन कि नेपालीलाई भोट गर्न मनपर्छ । 

हामीले अन्य कुरामा विकास नगरेर के भो ? सबैले सबै कुरामा विकास गर्न कहाँ नै सक्छ रु हामीले भोट गर्ने क्षमताको विकास गरेका छौं । विकास मात्र नभई छलाङ नै मारेका छौं । म त भन्छु अब हामी यति मै रोकिनु हुँदैन, भोटमा उमेर तोक्न छोडौं ।  प्रत्येक ६ महिनामा चुनाव गरौं । दशै(तिहार जस्ता पर्वहरू खल्लो भइसके त्यसैले म त भन्छु दशै(तिहारलाई पनि चुनावले प्रतिस्थापन गर्नुपर्छ । चुनावलाई राष्ट्रिय(पर्व घोषणा गरौं । नेता र जनता दुबै खुशी । दुई(चारजनाले चुनावमा हुने खर्च देखेर विरोध गर्न सक्छन् । उनीहरूलाई सम्झाई(बुझाई गरौं । दातृराष्ट्र, एशियाली विकास बैंक, विश्व बैंकलगायत दिन सक्ने सबैसँग आर्थिक सहयोग मागेर चुनाव गरौं । 

आसन्न उपचुनावले देशमा माहौल पनि बनिरहेकै छ । नेता, कार्यकर्ता, जनताको भिड गाउँ(गाउँमा भोट माग्न जोडतोडले लागिपरेका छन् । यही मौंकामा हाम्रो भोट गर्ने क्षमतालाई अन्तर्राष्ट्रियकरण गरौं । सीमानासम्म पुर्याऔं र भारतलाई एक स्वरले गर्जदैं भनौं ‘भारत सरकार, भोट गरौं’ जस्ले जित्ला कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायत मेची देखि महाकालीसम्मको विवादित भू(भाग उसैले लैजाने । भारतले खुसी हुँदै यस कुरालाई स्वीकार गर्नेछ भन्ने कुरामा दुई मत नै भएन। 

हामीले हाम्रो यही क्षमतालाई बुझ्दै वर्षौ पहिले भारत सरकारलाई प्रस्ताव गर्न सकेको भए सुस्ता रुनु पर्थेन । सीमाना जोगाउने नाममा हजारौं नेपालीले दुस्ख पाउने थिएनन् । सीमा विवाद समाधानको लागि किन कुटनीतिक छलफल गर्नु पर्यो ? बरू भोट गरौं, हाम्रो जीत सुनिश्चित छ ।