१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०७:५०:००
Read Time : < 1 मिनेट
सप्तरंग

चित्रमा सहर खोज्दै छु : कुशल बस्ताकोटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ कार्तिक २९ शुक्रबार ०७:५०:००

कला संवाद

मनमा रहेका तर भन्न नसकिने कुराहरू कसरी अभिव्यक्त गर्ने भनेर सोच्थेँ । कतिपय कुरा शब्दमा भन्दा चित्रमा सुन्दर लाग्थे । सहर साह्रै निर्दयी छ, जहाँ भावनाको सम्मान हुँदैन । त्यसैले कुण्ठा बोकेर बाँचेको सहरलाई चित्रमा उतार्न मलाई खुब मन लाग्छ । घरमा बुबालाई आर्टले लोभ्याउँथ्यो । मैले पनि त्यही बाटो रोजेँ ।पोखरामा जन्मे–हुर्केकाले आफ्नै परिवेशको सौन्दर्यलाई चित्रमा उतार्न लोभिन्थेँ । 

१३ वर्षको छँदा मैले बनाएको चित्रले मेरिट अवार्ड पायो । त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चित्रकलामा सहभागी भएँ । खासगरी, दैनिक जीवनयापनमा भेटिने समयलाई चित्रमा उतार्न रुचाउँछु । खासगरी, सहरको कथामाथि चित्र उतार्न मन लाग्छ ।

सहर साह्रै निर्दयी छ, जहाँ भावनाको सम्मान हुँदैन । त्यसैले कुण्ठा बोकेर बाँचेको सहरलाई चित्रमा उतार्न मलाई खुब मन लाग्छ ।

सहर विविधता बोकेर बाँचेको हुन्छ । सहरवासीका अनेक सपना हुन्छन् । दैनिक जीवनशैली, प्राकृतिक सौन्दर्य र अमूर्त कलाबाट सिर्जना गर्दै आएको छु । कपडाको टुक्राबाट पनि विभिन्न आर्ट तयार गरेको छु । चित्रमा सहर खोज्न मन पराउँछु ।

हालसम्म मैले १५ वटा एकल प्रदर्शनी गरेँ । यस्तै, ४५ वटाभन्दा बढी सामूहिक प्रदर्शनीमा सहभागी भएँ । नेपाल, भारत, दक्षिण कोरिया र अस्ट्रेलियामा बढी चित्रकला प्रदर्शनी गरेको छु । अमूर्त कला कोर्न मन पर्छ । म सबै रङ प्रयोग गर्छु । तयार भएका चित्र पाँच सयदेखि १५ सय डलरसम्ममा बिक्री गर्दै आएको छु । ३० लाख रुपैयाँ पर्ने एउटा पेन्टिङ तयार पारेको छु ।