१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:४६:००
Read Time : < 1 मिनेट
अर्थ

कृषि अनुदान सहकारीमार्फत दिने तयारी : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २७ शुक्रबार ०९:४६:००

सरकारले कृषि क्षेत्रमा जाने अनुदान सहकारीमार्फत दिने तयारी गरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । यस्तो अनुदान व्यक्तिगत रूपमा प्रदान गर्दा दुरुपयोग भएको भन्दै अर्थमन्त्री खतिवडाले कृषिमा मल, बिउविजन तथा प्रविधिमा दिइने अनुदान सहकारीमार्फत दिने गृहकार्य भइरहेको बताएका हुन् । 

राष्ट्रिय सहकारी महासंघको आयोजनामा बिहीबारदेखि सुरु भएको सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै डा. खतिवडाले सहकारीमार्फत अनुदान जाँदा प्रभावकारी प्रयोग भई लगानीको प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

 अर्थमन्त्री खतिवडाले रासायनिक मल, यन्त्र उपकरण, शीतभण्डार वा अन्य प्रशोधनका लागि दिइने अनुदान सहकारीको माध्यमबाट जानुपर्ने र आधुनिकीकरणसहितको कृषि उद्यममा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।