१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ११:५३:००
Read Time : > 1 मिनेट
खेलकुद

सन्दीपको मूल्य डेढ करोड

द हन्ड्रेड बलमा एक लाख पाउन्ड ड्राफ्टमा परेका सन्दीप टी–१० लिगमा ४५ हजार डलरमा अनुबन्धित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक १ शुक्रबार ११:५३:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सर्वाधिक मूल्यको ड्राफ्टमा परेका छन् । क्रिकेट जगत्मा नयाँ फम्र्याटका रूपमा रहेको द हन्डे«ड बलमा सन्दीप एक लाख पाउन्ड ड्राफ्टमा परेका हुन्  । इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा हुने द हन्ड्रेडमा सन्दीपलाई भित्र्रयाउन कुनै पनि टोलीले कम्तीमा एक लाख पाउन्ड खर्चनुपर्नेछ । नेपाली रुपैयाँअनुसार सन्दीपको मूल्य एक करोड ४६ लाख रुपैयाँ रहेको छ । द हन्ड्रेड २०२० को १७ जुलाईदेखि १६ अगस्टसम्म चल्नेछ । खेलाडीको मुख्य ड्राफ्ट २० अक्टोबरमा हुनेछ । 

एक लाख पाउन्डको ड्राफ्टमा १७ खेलाडी
द हन्ड्रेड ड्राफ्टमा सन्दीपलगायत अन्य १६ खेलाडी एक लाख पाउन्डको ड्राफ्टमा परेका छन् । यो सूचीमा सन्दीपसँगै सकिब हल हसन (बंगलादेश), मोहमद आमिर (पाकिस्तान), ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड), ड्वाने ब्राभो (वेस्टइन्डिज), क्विन्टन डी कोक (द. अफ्रिका), फाफ डु प्लेसिस (द. अफ्रिका), अरोन फिन्च (अस्ट्रेलिया), तमिन इक्वाल (बंगलादेश), रसिद खान (अफगानिस्तान), क्रिस लियन (अस्ट्रेलिया), ग्लेन म्याक्स वेल (अस्ट्रेलिया), सुनिल नारिन (वेस्टइन्डिज), किरोन पोलार्ड (वेस्टइन्डिज), एन्ड्रे रसेल (वेस्टइन्डिज), सेन वाटसन (अस्ट्रेलिया) र केन विलियम्सन (न्युजिल्यान्ड) छन् । 

६ जनालाई एक लाख २५ हजार पाउन्ड
द हन्ड्रेडमा ६ खेलाडी एक लाख २५ हजार पाउन्डमा अनुबन्धित भए । यस सूचीमा अस्ट्रेलियाका तीन खेलाडी छन् । यसैगरी, दक्षिण अफ्रिका, श्रीलंका र वेस्टइन्डिजका एक–एक खेलाडी छन् । क्रिस गेल (वेस्टइन्डिज), लासिथ मलिंगा (श्रीलंका), कागिसो रवाडा (द. अफ्रिका), स्टिभ स्मिथ (अस्ट्रेलिया), मिचेल स्टार्क (अस्ट्रेलिया) र डेभिड वार्नर (अस्ट्रेलिया) एक लाख २५ हजार पाउन्डमा अनुबन्धित भएका हुन् । 

हरेक टोलीमा तीन विदेशी खेलाडी
द हन्डे«डको नियमअनुसार हरेक टोलीमा कम्तीमा तीन विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । द हन्ड्रेडमा ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड र ४० हजार पाउन्डमा खेलाडी अनुबन्धित भए । पहिलो संस्करणमा पाँच सय ७० खेलाडीले ड्राफ्टमा नाम समावेश गरेका थिए । यसमा दुई सय ३९ खेलाडी विदेशी छन् । यसैगरी, तीन सय ३१ जना घरेलु इंग्लिस खेलाडीले ड्राफ्टमा नाम समावेश गरेको एजेन्सीले जनाएका छन् । प्रतियोगितामा बर्मिघम, लन्डन स्पिरिट, म्यानचेस्टर वर्जिनल्स, सुपर नर्थ चार्जस, साउदर्न ब्राभे, वेल्स फायर र ओभल सहभागी छन् । 

कर्णाटकमा अनुबन्ध
सन्दीप लगातार दोस्रोपटक टी–१० लिगमा अनुबन्ध भएका छन् । युएईमा हुने तेस्रो संस्करणमा सन्दीपलाई कर्णाटक टुस्कर्सले पहिलो चरणमै ४५ हजार डलरमा किनेको हो । युएईमै भएको ड्राफ्टमा सन्दीप ए क्याटेगोरीमा परेका थिए । यस समूहमा रहेका खेलाडीको मुल्य ४५ हजार डलर राखिएको थियो । यसै वर्ष १४ देखि २४ नोभेम्बरसम्म हुने टी–१० को दोस्रो संस्करणमा सन्दीपले केरला नाइट्सबाट प्रतिस्पर्धा गरेका थिए । उनले ६ खेलमा सहभागिता जनाउँदै ६ विकेट लिएका थिए । गत वर्षको संस्करणमा सन्दीप ३० हजार डलरमा केरलामा आबद्ध भएका थिए । यसपटक दिल्ली, बुल्स, डेकन ग्लाडियटर्स, नर्दर्न वारियर्स, बंगला टाइगर्स, मराथा अरवियन्स र कवालदर्सले भाग लिनेछन् ।