१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका सप्तरी
२०७६ असोज २९ बुधबार ११:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

सगरमाथा अञ्चल अस्पताल तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सप्तरी
२०७६ असोज २९ बुधबार ११:०३:००

समयमा डाक्टर नआएको भन्दै बिरामीका आफन्त र विद्यार्थीले सोमबार जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तोडफोड गरेका छन् । हाडजोर्नीका डाक्टरहरू डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादवको बिरामी जाँच कक्षमा तोडफोड गरिएको हो ।

तोडफोड गर्न आएकाले अस्पताल प्रशासन र डाक्टरविरुद्ध नाराजुलुस पनि गरेका थिए । तोडफोडका कारण टेबुल–कुर्र्सी र केही कागजपत्रमा क्षति भएको अस्पताल प्रशासनले जनाएको छ ।

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज–१ का युवा गुन्जन झालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अन्य युवाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । एकजनालाई पक्राउ गरेपछि अवस्था सामान्य भएको प्रहरीको भनाइ छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले भने अनाहकमा तोडफोड गरिएको बताएका छन् । हाडजोर्नीका डाक्टरमध्ये डा. झा बिदामा बसेकाले केही समय ढिला भए पनि उपचारमा बाधा नपरेको अवस्थामा तोडफोड गरिएको उनले गुनासो गरे ।

डा. यादव राउन्डमा गएर एक घन्टाका लागि इमर्जेन्सीका बिरामी हेर्न जाँदा युवाहरूको समूहले डाक्टर नै नभएको भन्दै तोडफोड गरेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. साहले दाबी गरे । उनले भने, ‘म आफैँ पनि बिरामीको जाँच गरिरहेको छु । यस्तो सामान्य अवस्थामा पनि तोडफोड गरिएको छ ।’