१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जोखिममा रहेको मुसीकोट नगरपालिका–९ होल्तारामास्थित वडा स्वास्थ्य चौकी भवन । तस्बिर : नयाँ पत्रिका
२०७६ श्रावण २९ बुधबार ११:१६:००
Read Time : < 1 मिनेट
प्रदेश

स्वास्थ्य चौकीमा बाढी पसेपछि उपचार सेवा प्रभावित 

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार ११:१६:००

मुसीकोट नगरपालिका–९ को स्वास्थ्य चौकी भवनमा बाढी पसेपछि उपचार सेवा प्रभावित भएको छ । सोमबार आएको वर्षापछिको बाढी स्वास्थ्य चौकी भवनमा पसेपछि उपचार सेवा प्रभावित भएको हो । बाढीले स्वास्थ्य चौकीमा रहेका औषधिसहित कागजात नष्ट भएका छन् । भारी वर्षापछि जुगेपानीबाट आएको बाढी वडा स्वास्थ्य चौकी होलताराको भवनभित्र पसेको वडाध्यक्ष नवीन ओलीले बताए । 

बाढीसँगै माटो, ढुंगा, काठ, बालुवालगायत वस्तु स्वास्थ्य चौकी भवनभित्र पसेपछि स्वास्थ्य चौकीका सबै कोठा पुरिएका छन् । बाढीले स्वास्थ्य चौकीका कागजातसहित अन्य सामग्री नष्ट बनाएको वडाध्यक्ष ओलीले जानकारी दिए । पुरिएको भवन खाली गर्ने काम भइरहेको छ । 

उपचारको लागि आएका बिरामीलाई उपचार गर्ने ठाउँसमेत छैन । उपचारको लागि प्रयोग भएका तीनवटै कोठाहरू पुरिएका छन् । यसका साथै स्वास्थ्य चौकी भवन जोखिममा समेत परेको छ । स्वास्थ्य चौकी भवन अब फेरी खोलाबाट आउँन सक्ने बाढी र पहिरोको जोखिममा परेको वडाध्यक्ष ओलीको भनाइ छ ।      
चार घर जोखिममा, अन्नबाली नष्ट 
यसैबीच सोमबार दिउँसो भएको भारी वर्षाले मुसीकोट ९ होल्तारामा ठूलो क्षति गरेको छ । वर्षाकै कारण स्थानीय यामलाल ओली, दलबहादुर ओली र लोकेन्द्र ओलीको घर पहिरो र बाढीको जोखिममा परेका छन् । महिला सहकारी भवन पनि बाढीको जोखिममा परेको छ । 

त्यस्तै, सोमबार नै वर्षापछिको पहिरोले स्थानीय देवीलाल ओली, दीपेन्द्र ओली, लोकेन्द्र ओली, दलबहादुर ओली र यामलाल ओलीको करिब २० रोपनी जग्गामा लगाइएको मकै बाली पुरेको छ । बाढीले स्थानीय चन्द्रबहादुर ओलीको अलैँची नर्सरी र अलैँचीबारीसमेत पुरेको छ ।  सडकमा नाली नकाट्दा । सडकको भल गाउँतिर पस्दा त्यसले बाढीको रूप लिएको स्थानीयको भनाइ छ ।