मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o८३ भदौ १२ शुक्रबार २३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपछि सुरुङमा फसेका १९१ इन्जिनियर, प्राविधिक र मजदुरको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार २३:२५:oo

रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा फसेका १९१ जना इन्जिनियर, प्राविधिक तथा मजदुरको नेपाली सेनाले उद्धार गरेको छ।

शुक्रबार बिहानदेखि अपराह्नसम्म सेनाको टोलीले भोटेकोशी र त्रिशूली क्षेत्रमा रहेका विभिन्न स्थानबाट उनीहरूको उद्धार गरी हेलिकाेप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याएको हो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायत क्षेत्रमा शुक्रबार मात्रै ५६ जना विदेशी नागरिकसहित नाै सयजनाको उद्धार गरिएको छ।

भदौ १० गतेदेखि हालसम्म स्थल तथा हवाई साधनको प्रयोग गरी बाढी प्रभावित क्षेत्रबाट दुई हजार १०१ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। काठमाडौँबाट त्रिशूलीसम्म स्थलमार्ग तथा हेलिकाेप्टरमार्फत राहत सामग्रीसमेत ढुवानी भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा सेनाले स्थापना गरेका आपतकालीन उपचार केन्द्रबाट शुक्रबार ५६१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ। त्रिशूलीस्थित केन्द्रमा ४५६ र धुन्चेमा १०५ जनाले उपचार सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म एक हजार ७०६ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको सेनाले जनाएको छ।