मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १६ शनिबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा व्यावहारिक मनोविज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १८:४३:oo

 विश्वभरकै युवाहरूमा अपत्यारिलो ढंगले मनोविज्ञान उतारचढाव भइरहेका वेला काठमाडौंस्थित नेसनल कलेजले ‘इन्टरनेसनल कन्फरेन्स अन अप्लाइड साइकोलोजी(आइक्याप)’ गर्दै छ। आगामी २१ साउनदेखि २३ साउनसम्म चल्ने कन्फरेन्समा विश्वभरका दिग्गज मनोवैज्ञानिकहरूले आफ्नो पेपर प्रस्तुत गर्नेछन्। 

कलेजका प्राचार्य माधव न्यौपानेका अनुसार कन्फरेन्समा अमेरिका, स्पेन, अर्जेन्टिना, भारत, बंगलादेश, हङकङ, बेलायत, क्यानाडा, मलेसिया, श्रीलंका, थाइल्यान्ड, इथियोपिया, ओमन, अजरबैजन, कम्बोडिया, इन्डोनेसिया, नेदरल्यान्डलगायत १८ मुलुकबाट अनुसन्धानकर्ता, शिक्षक, विशेषज्ञ र नीति निर्माताहरू सहभागी हुनेछन्।  

‘व्यावहारिक विज्ञानको अभिवृद्धिः बहुविषयक र अन्तर–सांस्कृतिक दृष्टिकोण’ मूल नाराका साथ आयोजना हुन लागेको कन्फरेन्सले मानसिक स्वास्थ्य, शिक्षा, कार्यस्थलको वातावरण, सामुदायिक सबलीकरण, सार्वजनिक नीति तथा दिगो विकासजस्ता समसामयिक मनोसामाजिक चुनौतीहरूमाथि गहन छलफल हुने कलेजले जनाएको छ।

तीव्र प्राविधिक परिवर्तन, वैश्वीकरण, जलवायु परिवर्तन र बढ्दो मानसिक स्वास्थ्य समस्याको यस युगमा मानव व्यवहारलाई बुझ्न सांस्कृतिक रूपमा सान्दर्भिक र बहुविषयक समाधानको आवश्यकतालाई सम्मेलनले जोड दिएको छ। कार्यक्रमले विश्वभरका विद्वान, अनुसन्धानकर्ता, शिक्षक, विशेषज्ञ र नीति निर्माताहरूलाई एकैठाउँमा ल्याएर अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानमा टेवा पुर्‍याउने लक्ष्य राखेको कार्याक्रम आयोजक समितिका सदस्य छत्र कार्कीले बताए।