मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १८:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा ८०४ केजी गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १८:३१:oo

धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ८०४ केजी अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरमा ठुलो परिमाणमा गाँजा लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा प्लास्टिकका ४८ वटा बोरामा राखिएको ८०४ केजी गाँजा बरामद गरिएको हो।

पक्राउ पर्नेमा चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थायी घर भई हाल चौबिसे गाउँपालिका–४ मा होटेल सञ्चालन गर्दै आएका ४० वर्षीय हरिप्रसाद ओझा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार, प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा खटिएको टोलीले खानतलासीका क्रममा गाँजा बरामद गरेको हो। घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।