मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १६ शनिबार
  • Saturday, 01 August, 2026
२o८३ श्रावण १६ शनिबार १७:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गणेशको शव गाउँ ल्याउने तयारी, आजै दाहसंस्कार गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण १६ शनिबार १७:२८:oo

सिराहाको गोलबजार- ४, क्याम्पस चोकमा बिहीबार दिउँसो गोली लागेर मृत्यु भएका औरही गाउँपालिका- २, तुलसीपुर गाउँका करिब १७ वर्षका गणेश यादवको शव गाउँ ल्याउने तयारी गरिएको छ।

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाेस्टमार्टम गरी उनको शव गाउँ ल्याइने भएपछि अहिले सयौँको संख्यामा गाउँलेहरू गाउँनजिकै पर्ने सुखीपुर नगरपालिका- २, बाबा कुटीनजिक गागन खोलाकिनारमा भेला भएका छन्। 

नेपाली सेनाको हेलिकोप्टरले शव ल्याएपछि गागन खोलामा जातीय परम्पराअनुसार दाहसंस्कार गरिने मावली हजुरवा नुजाई यादवले बताए।

शव ल्याउन मृतकका बाबु र आफन्त शनिबार धरान गएको स्थानीय गाउँलेले  बताए। गणेश आफ्ना सहोदर दाजु कमलेशसँगै गोलबजारमा १२ कक्षामा पढ्दै थिए।