मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १४ बिहीबार
  • Thursday, 30 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १४ बिहीबार o६:३२:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इपिएसले बढायो राहदानीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १४ बिहीबार o६:३२:oo

पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको मागमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस)मा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ्दा चाप थपिएको हो ।

इपिएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि सात हजार दुई सयजनाको माग भएको छ । यसबाहेक वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढिरहेको छ । 

विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट)को माग सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब १५ सय राहदानी छपाइ गर्न थालेको जनाएको छ । गत २९ असारदेखि जर्मन कम्पनीहरूबाट नयाँ पासपोर्ट छपाइ हुन थालेपछि पासपोर्ट छपाइको संख्या निरन्तर बढिरहेको विभागले जनाएको छ ।

विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा राहदानी उत्पादन क्षमतामा निरन्तर सुधार गर्दै आएको जिकिर गरेको छ ।