नयाँ पत्रिकाका दाङ संवाददाता दीपक बोहरा सम्मानित भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले ६१औँ नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा स्थापना दिवसका अवसरमा डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील बोहरालाई सम्मान गरेको हो ।
रक्तसञ्चार सेवा केन्द्र सञ्चालन तथा रक्तदाता उत्प्रेरणा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बोहरालाई सम्मान गरिएको हो ।
बोहरालाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र जिल्ला शाखा सभापति मदन गौतमले सम्मानपत्र प्रदान गरेका हुन् ।
बोहरासँगै ज्ञान ज्योति फाउन्डेसन, कारागार कार्यालय तुलसीपुर, नेपाल मानव सेवा समिति तुलसीपुर, पत्रकार उमा भण्डारी, ऋषिराज भण्डारी, पदम पोख्रेल, तीर्थराज भुसाल, झग्गु भण्डारी, वसन्त गिरीलाई सम्मान गरिएको थियो ।