विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा नयाँ पत्रिकाकर्मीसहित अन्य व्यक्तिहरूलाई सम्मान गरिएको छ । ठाकुरबाबा नगरपालिकाको आयोजनामा गरिएको विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा नयाँ पत्रिका बर्दियाका संवाददाता प्रकाश पौडेलसहित अन्य ४० जनालाई सम्मान गरिएको हो ।
पौडेललाई वातावरण संरक्षण, जैविक विविधता, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वातावरणीय चेतना अभिवृद्धि तथा हरित उद्यम प्रवर्द्धनको क्षेत्रमा निरन्तर रूपमा कलम चलाएको भन्दै पालिकाले सम्मान गरेको हो ।
आगामी दिनमा पनि संरक्षणको क्षेत्रमा समर्पण, योगदान तथा वातावरण संरक्षणप्रतिको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्न भूमिका निर्वाह गरी निरन्तर समन्वय तथा सहयोगका साथ अगाडि बढ्ने अपेक्षासहित नयाँ पत्रिकाकर्मी सम्मानित भएका हुन् ।