नयाँ पत्रिकाकर्मी दीपक बोहरा सम्मानित भएका छन् राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङले पत्रकार बोहरालाई सम्मान गरेको हो। शनिबार दंगीशरण गाउँपालिका वडा नं.३ स्थित चखौरामा आयोजना गरिएको प्रदेशस्तरीय मानव अधिकार शिक्षा कार्यक्रममा सम्मानित गरिएको हो।
डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील बोहरालाई मानव अधिकारका क्षेत्रमा कलम चलाएको भन्दै सम्मान प्रदान गरिएको हो। जिल्ला अध्यक्ष विनोदकुमार श्रेष्ठ तथा केन्द्रीय अध्यक्ष भवानीप्रसाद खरेलले सम्मान गरेका हुन्। उनीसहित पत्रकार दिप्तिशिखा चौधरी, आशिष केसी, टेकराज भण्डारीलाई पनि सम्मान गरिएको थियो।