मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ जेठ ५ मंगलबार
  • Thursday, 13 August, 2026
२o८३ जेठ ५ मंगलबार २१:३९:oo
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिकाकर्मी श्रेष्ठलाई पितृशोक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ जेठ ५ मंगलबार २१:३९:oo

नयाँ पत्रिकाकर्मी रामकुमार श्रेष्ठलाई पितृशोक परेको छ। 

उनका बुवा टेकबहादुर श्रेष्ठको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो। उपचारको क्रममा भरतपुर अस्पताल उनको निधन भएको हो। 

श्रेष्ठको आजै कावासोतीको पिठौली घाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

२०१२ साल असार १२ गते जन्मिएका श्रेष्ठ तनहुँ घिरिङ गाउँपालिकाबाट २०२६ सालमा बसाईं सरी नवलपुर आएका थिए । हाल उनको परिवार कावासोती–३ मा स्थायी बसोवास गर्दै आएको छ । नेकपा एमालेको संगठित सदस्य रहेका उनी २०५४ र ०५८ सालमा भएको स्थानीय निर्वाचनमा वडासदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । 

नेपाल पत्रकार महासंघ नवलपुर शाखाले उनको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । महासंघका सचिव आशिष रेग्मीले विज्ञप्ति निकाल्दै पितृशोकमा परेका रामकुमारसहित शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।