नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ औपचारिक रूपमा चयन भएका छन्। करिब साढे दुई दशकदेखि महासंघको राजनीतिमा सक्रिय श्रेष्ठ यसअघि वरिष्ठ उपाध्यक्षका रूपमा कार्यरत थिए।
उनले बिहीबारदेखि अध्यक्षको रूपमा कार्यभार सम्हाल्नेछन्। वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधान व्यवस्थाअनुसार उनी अध्यक्ष भएका हुन ।
उनको कार्यकाल तीन वर्षको हुनेछ।
महासंघमा वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष हुने श्रेष्ठ चौथो हुन् । यसअघि स्वत: अध्यक्ष हुनेमा भवानी राणा, शेखर गोल्छा र चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष भएका थिए ।