मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ फाल्गुण २ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ फाल्गुण २ शनिबार २२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुराना राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ फाल्गुण २ शनिबार २२:३६:oo

पुराना राजनीतिज्ञ, राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको ९८ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । २००७ देखि पछिल्लो समयको राजनीतिक घटनाक्रमका साक्षी थापाको निधन भएको राप्रपा प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए । 

‘देशले एकजना इतिहास पुरुष र राप्रपाले आफ्नो अग्रज नेता गुमाएको छ। राप्रपा निर्माणमा स्व. थापाको योगदान सदैव आदरपूर्वक स्मरणमा रहिरहनेछ,’ श्रेष्ठले भने । थापा विपश्यना साधकसमेत थिए ।

दिवंगत नेता थापाको पार्थिव शरिरलाई आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने परिवारले जनाएको छ।

२०१५ सालको आमनिर्वाचनमा उनी कांग्रेसबाट सांसद निर्वाचित थिए । उनी त्यसवेला संसदमा कांग्रेसका प्रमुख सचेतक थिए जतिवेला बिपी कोइराला प्रधानमन्त्री थिए । 

उनले कांग्रेसबाट राजनीतिक करिअर सुरु गरेका थिए । ००७ सालको क्रान्तिमा उनी सहभागी थिए । राजा महेन्द्रले बिपी सरकार अपदस्थ गरेर सत्ता हातमा लिएपछि थापा राजाको समर्थनमा लागेका थिए । उनी ०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए ।