मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ ६ मंगलबार
  • Saturday, 01 August, 2026
२o८२ माघ ६ मंगलबार २२:३१:oo
Read Time : < 1 मिनेट
समाचार

गुल्मी १ मा चन्द्र भण्डारी, प्रदीप ज्ञवालीसँग भिड्न सागर ढकाल चुनावी मैदानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ माघ ६ मंगलबार २२:३१:oo

फरक दलका मित्रवत् उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका चन्द्र भण्डारी र प्रदीप ज्ञवालीलाई चुनौती दिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल गुल्मी पुगेका छन् ।

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा शेरबहादुर देउवासँग डडेलधुरामा चुनावी मैदानमा उत्रिएका ढकाल यसपटक गुल्मी आएका छन् । गुल्मी १ बाट चुनावी मैदानमा कांग्रेस नेता चन्द्र भण्डारी, एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुदर्शन बराल चुनावी मैदानमा छन् । यस क्षेत्रमा यसपटक नयाँ अनुहारका रूपमा सागर ढकाल उत्रिएका छन् ।  

गुल्मी १ का तीन प्रतिस्पर्धी उम्मेदवारी दर्ताको दिन भेट भएपछि खुसी साटासाट गरेका छन् । कांग्रेसका भण्डारी, एमालेका ज्ञवाली र नेपाली कम्युनिस्ट पार्टीका बरालले उम्मेदवारी मनोनयनस्थलमा भेट भएपछि खुसी साटासाट गरेका थिए । गुल्मीमा यस्तो संस्कार छ भन्ने सन्देश देशभर दिएको भण्डारी र ज्ञवालीलले बताए । ज्ञवालीले गुल्मीमा स्वस्थ प्रतिस्पर्धा हुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले यसपटकको चुनाव देशको एजेन्डा बोक्ने ऐतिहासिक चुनाव रहेको र युवा प्रधानमन्त्री बनाउने गरी माहोल सिर्जना भएको बताए । गत चुनावमा डडेलधुराबाट विगुल फुकेको स्मरण गर्दै उनले अहिले त्यो बिउ झापा पुगेको र झापामा सफल हुने धारणा राखे  ।