मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ माघ ३ शनिबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ माघ ३ शनिबार १o:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऋण नतिर्ने र ऋण नतिर्न उक्साउनेलाई कारबाही गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ माघ ३ शनिबार १o:o९:oo

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि बढेको सुरक्षा चुनौती चिर्न त्रिपक्षीय छलफल भएको छ । नेपाल राष्ट्र बैंकको अगुवाइमा नेपाल प्रहरी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबिच भएको छलफलमा यस्ता कार्यमा संलग्नलाई अविलम्ब कानुनी दायरमा ल्याउने सहमति भएको छ ।  

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बैंकिङ क्षेत्रमा देखिएका सुरक्षा चुनौती चिर्न ‘फोकल युनिट’ बनाइने विषयमा छलफल भएको बताए । नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि संलग्न भई एउटा कार्यदल बनाउने विषयमा समेत छलफल भएको उनले बताए । नेपाल बैंकर्स संघका सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकिङ क्षेत्रको शान्ति सुरक्षाका लागि समन्वय गर्ने विषयमा छलफल केन्द्रित भएको बताए ।

‘अहिले बैंक लुट्ने, कर्मचारीलाई अभद्र व्यवहार गर्नेलगयातका गतिविधि बढिरहेका छन्, यसले काम गर्ने वातावण बिगारेको छ, सुरक्षा चुनौती बढाएको छ,’ उनले भने, ‘यस सन्दर्भमा यस्ता घटना हुन नदिन कसले के गर्ने ? कसरी सूचना आदानप्रदान गर्ने ? बैंकरको भूमिका के ? भन्नेलगायत विषयमा छलफल भयो ।’ बैंक तथा वित्तीय संस्था पनि जिम्मेवार हुने, राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्ने र नेपाल प्रहरीले यस्ता घटना रोक्न र संलग्नलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउने विषयमा छलफल भएको उनले बताए ।