मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष ७ सोमबार
  • Friday, 14 August, 2026
मोहन विष्ट कञ्चनपुर
२o८२ पौष ७ सोमबार १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार

भीम रावलको आरोप– देशलाई अहिलेको स्थितिमा ओलीले नै पुर्‍याएका हुन् 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ पौष ७ सोमबार १८:o१:oo

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावलले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले देशलाई खरानी बनाइदिएको टिप्पणी गरेका छन् । सोमबार झलारीमा नेकपा कञ्चनपुरको जिल्ला एकता सभालाई सम्बोधन गर्दै नेता रावलले ओलीकै अहंकार, दम्भ, पदलोपोन्मुख कामबाटै कम्युनिस्ट पार्टी, सरकार, संसद्, देश अहिलेकाे अवस्थामा पुगेकाे टिप्पणी गरेका हुन् । 

सात वर्षअघि तत्त्कालिन नेकपा माओवादी र एमालेबिच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी सिध्याउनका लागि ओलीले विनाकारण दुईपटक संसद् विघटन गरेको उनको आरोप छ। रावलले अहिले आएर ओली र एमालेले संसद् पुनर्स्थापनाको कुरा गर्नसमेत नैतिकताले नदिने बताए । 

‘उति वेला ओलीजीले दुई–दुईपटक प्रतिनिधिसभा विघटन गरिदिए, अहिले आएर पुनर्स्थापनाको एजेन्डा भन्दै हिँडेका छन्, फेरि पनि प्रधानमन्त्री बन्ने चाहना राखेका हुन्। यो कदापी सुहाउँदैन,’ डा. रावलले भने, ‘उति वेला ओलीले नेकपालाई देश र जनताको हितमा लगाएको भए अहिलेको स्थिति आउने नै थिएन।’ 
तोपले नढल्ने भन्ने ओलीको सरकारलाई युवाले ढलाएको स्मरण गराउँदै फेरि पनि संसद् पुनर्स्थापना गराएर सरकार बनाउने खेलमा नलाग्न आग्रह गरेका छन् । ‘म र विद्यादेवी भण्डारीसँग ओली डराएर हाम्रो सदस्यता खाइदिए,’ उनले भने, ‘अहिले पनि ११औँ महाधिवेशन ओलीले धाँधली गरेर जितेका हुन् ।’ 

जेन–जी आन्दोलनका क्रममा देश र जनता बनाउन छाडेर सेनाको हेलिकोप्टरमार्फत भाग्ने ओलीले जनतामाथि घात गरेका छन्। आफूलाई ओलीले बुढो भन्ने गरेको, तर सुदूरको खप्तड जान ओलीलाई चुनौती दिए। जेन–जी आन्दोलनकारीले घरमै पुगेर पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई कुटे पनि देउवाको बुद्धि अझै नपलाएकोसमेत बताए । वर्तमान सरकारले २३ र २४ भदौको घटनाको निष्पक्ष छानबिन गरेर दोषीउपर कार्बाही गर्नसमेत रावलले माग गरेका छन्।