मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
ब्रिजेट बोआकी
Invalid date format ११:o१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विकासशील देशहरूका लागि विलासिता होइन विज्ञान

Read Time : > 2 मिनेट
ब्रिजेट बोआकी
नयाँ पत्रिका
Invalid date format ११:o१:oo

कोभिड– १९ महामारीदेखि बढ्दो जलवायु झट्कासम्म, संकटको एक शृंखलाले वैज्ञानिक र प्राविधिक समाधान प्रदान गर्न धनी देशहरूमा निर्भर हुने जोखिमलाई उजागर गरेको छ । यदि विकासशील अर्थतन्त्र भएका देशले संकटको प्रभावकारी रूपमा प्रतिक्रिया दिन र आफ्नो विकासलाई नियन्त्रण लिन चाहन्छन् भने तिनीहरूले आफ्नै अनुसन्धान पारिस्थितिक प्रणाली निर्माण गर्नुपर्छ ।

यस महिना न्युयोर्कमा हुने संयुक्तराष्ट्र संघको महासभाको अवसरमा अर्को महत्वपूर्ण शिखर सम्मेलन हुनेछ : युएनजिए ८० मा विज्ञान शिखर सम्मेलन । ‘सामाजिक चुनौतीलाई सम्बोधन गर्न विज्ञानको निर्णायक भूमिकालाई उजागर गर्ने उद्देश्यले शिखर सम्मेलनले न्यून र मध्यम आय भएका देशहरू (एलएमआइसी)लाई लचिलोपन र सार्वभौमिकताको स्तम्भको रूपमा वैज्ञानिक अनुसन्धानको माग गर्न एक मञ्च प्रदान गर्नेछ ।

दसकौँदेखि परम्परागत बुद्धि यो छ कि विकासको सबैभन्दा छिटो मार्ग स्वतन्त्र नवप्रवर्तन होइन, बरु विदेशी प्रविधि अपनाउनुमा निहित छ । विकास संस्थाहरू र नीति निर्माताले आधारभूत विज्ञानलाई विलासिताको रूपमा व्यवहार गरेका छन् जुन केवल विकसित अर्थतन्त्रले मात्र वहन गर्न सक्छन् । एलएमआइसीका लागि तिनीहरूले तर्क गरे वैज्ञानिक क्षमताको प्रवद्र्धन (एक ढिलो र महँगो प्रक्रिया)ले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, र पूर्वाधार जस्ता दबाबपूर्ण आवश्यकताका लागि छुट्याइनुपर्ने स्रोत उपभोग गर्नेछ; त्यसैले तिनीहरू विदेशबाट प्रविधि र समाधान आयात गर्न राम्रा छन् ।

तर, हालैका वर्षहरूमा यो तर्क उल्टिएको छ । कोभिड–१९ महामारी, तीव्र जलवायु झट्का र व्यापार तथा प्रविधि हस्तान्तरणमा बढ्दो अवरोधसहित विकासको शृंखलाले आयातीत विज्ञानमा निर्भरताको जोखिमलाई उजागर गरेको छ । अब यो स्पष्ट छ कि अल्पविकसित राष्ट्रहरूले आफ्नै विकास एजेन्डाहरूमा नियन्त्रण प्राप्त गर्ने, संकटमा प्रभावकारी रूपमा प्रतिक्रिया दिने र स्थानीय वास्तविकतामा विश्वव्यापी ज्ञानलाई अनुकूलन गर्ने हो भने तिनीहरूले आफ्नै गतिशील अनुसन्धान पारिस्थितिक प्रणाली निर्माण गर्नुपर्छ ।

यो विकासको बाटोमा बाटो बिराउने कार्य होइन वा बाह्य चुनौतीबाट जन्मिएको असुविधाजनक आवश्यकता होइन । तत्काल आवश्यकताबाट ध्यान विचलित गर्नुको सट्टा आधारभूत विज्ञानमा लगानीले देशहरूलाई नयाँ उद्योग स्थापना, उच्च गुणस्तरको रोजगारी सिर्जना, सार्वजनिक सेवालाई सुदृढ, र नवीनतालाई दिगो बनाउन आवश्यक निजी पुँजी आकर्षित गरेर ती आवश्यकता पूरा गर्न सक्षम बनाउन सक्छ ।

व्यापक रूपमा प्रयोग हुने जिडिपी बेन्चमार्कको १ प्रतिशत अनुसन्धान र विकासमा कुल खर्च बढाउन एलएमआइसीहरूलाई आह्वान उचित रूपमा बढ्दै गइरहेका छन् । तर, सबै लगानी समान रूपमा सिर्जना गरिएका छैनन् । टोनी ब्लेयर इन्स्टिच्युट फर ग्लोबल चेन्जमा गरिएको एक अध्ययनमा मेरो टोली र मैले कोष, प्रतिभा, संस्था र अनुसन्धान परिणामअनुसार १२९ देशमा फैलिएको नयाँ डेटासेटको नक्सांकन गरेका छौँ । कुल खर्च यसलाई तैनाथ गरिएको तरिका र सन्दर्भभन्दा धेरै कम महत्वपूर्ण छ भन्ने हाम्रो मुख्य निष्कर्ष हो ।

बलियो संस्था, सक्षम अनुसन्धान एजेन्सी र प्रतिभालाई आकर्षित गर्ने र प्रसार गर्ने नीतिसँग जोड्दा सामान्य अनुसन्धान र विकास बजेटले पनि ठुलो प्रतिफल दिन सक्छ । केही देशहरूले प्रतिडलर अनुसन्धान र विकास खर्चको विश्वव्यापी औसत अनुसन्धान प्रभाव (एच–सूचकांक) धेरै गुणा हासिल गर्छन्, जबकि केहीले खासै उपलब्धि गर्न सक्दैनन् । एलएमआइसीका लागि पाठ विशेष गरी महत्वपूर्ण छ : बजेटको दबाबमा रहेका देशहरूले खराब पंक्तिबद्ध प्रणालीमा बढी खर्च गर्न सक्दैनन् ।

अल्प विकसित देशहरूले विशेषगरी स्वास्थ्य क्षेत्रमा नवप्रवर्तनका लागि आफ्नो क्षमता प्रमाणित गरेका छन् । कोभिड– १९ महामारीको समयमा सेनेगलको पास्चर इन्स्टिच्युटले केही साताभित्रै द्रुत निदान किट विकास र तैनाथ गर्‍यो र युगान्डाका वैज्ञानिकले स्थानीय जनस्वास्थ्य प्रणालीअनुरूप मोबाइल टेन्ट अस्पताल सिर्जना गरे । यसको जिनोम–अनुक्रमण क्षमता प्रयोग गरेर दक्षिण अफ्रिकाले नयाँ भाइरस भेरियन्ट प्रारम्भिक रूपमा पहिचान गर्‍यो, जसले विश्वलाई महत्वपूर्ण डेटा प्रदान गर्‍यो । यी उपलब्धि घरेलु क्षमतामा जानाजानी, दीर्घकालीन लगानीको उत्पादन थिए जसले विश्वव्यापी आपूर्ति शृंखला र सहायता च्यानल कमजोर हुँदा सहयोग गरे ।

विकासशील अर्थतन्त्रमा वैज्ञानिक सार्वभौमिकतालाई समर्थन गर्न अन्तर्राष्ट्रिय साझेदारको महत्वपूर्ण भूमिका छ, जसमा एलएमआइसीमा आधारित विश्वविद्यालय, प्रयोगशाला र अनुसन्धान परिषद्मा सहलगानी समावेश छ । एलएमआइसीको वैज्ञानिक क्षमता बढ्दै जाँदा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता र संस्थाहरूसँग समान रूपमा सहकार्य गर्ने र महामारीको तयारीदेखि खाद्य सुरक्षासम्म साझा समस्याको समाधानमा योगदान गर्ने क्षमता बढ्नेछ । विश्वव्यापी अनुसन्धान एजेन्डाले धनी मात्र नभई सबै देशहरूको आवश्यकता र प्राथमिकता प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्ने क्षमता पनि बढ्नेछ ।

विश्वव्यापी सहायता बजेट घट्दै गएको र बहुपक्षीयता कमजोर हुँदै गएको समयमा अल्पविकसित देशहरूले आफ्नो विकास आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय समुदायमा भर पर्न सक्दैनन् । तर, प्रगतिको बाटोमा अवरोध हुनुभन्दा टाढा यसले रूपान्तरणका लागि उत्प्रेरकको रूपमा काम गर्नुपर्छ । आफ्नै संस्था र प्रतिभामा लगानी गरेर विकासशील देशका सरकारले जोखिमलाई लचिलोपनमा र निर्भरतालाई एजेन्सीमा रूपान्तरण गर्न सक्छन् ।

संयुक्त राष्ट्रसंघको साधारणसभामा विश्व नेताहरूले युद्ध, जलवायु परिवर्तन र आर्थिक अनिश्चितताबारे छलफल गर्नेछन् । तर, विज्ञान पनि कार्यसूचीमा हुनुपर्छ । बलियो वैज्ञानिक पारिस्थितिक प्रणालीलाई बढावा दिएर मात्र हामी ज्ञात र अज्ञात चुनौतीको सामना गर्न अल्प विकसित देश तयार छन् भनी सुनिश्चित गर्न सक्छौँ ।

(ब्रिजेट बोआकी टोनी ब्लेयर इन्स्टिच्युटमा विज्ञान र प्रविधिका लागि वरिष्ठ नीति सल्लाहकार हुन् । प्रोजेक्ट सिन्डिकेटबाट सुवास शर्माको अनुवाद ।)