मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तेस्रोपटक नेगेटिभ सर्किट लागेसँगै आजका लागि सेयर बजार बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:११:oo

तेस्रोपटक नेगेटिभ सर्किट लागेसँगै आजका लागि सेयर बजार बन्द भएको छ ।जेन–जी प्रदर्शनका कारण विकसित घटनाक्रमले बन्द भएर आजबाट खुलेको सेयर बजार लगातार तेस्रोपटक नेगेटिभ सर्किट लागेर बन्द भएको हो ।

पहिलो नेगेटिभ सर्किट लागेर २० मिनेट बन्द भएपछि खुलेको सेयर बजार पुन: दोस्रो नेगेटिभ सर्किट लागेर ४० मिनेटपछि खुलेको थियो । ४० मिनेटपछि पुन: खुलेको बजार निरन्तर ६ प्रतिशतले घटेसँगै आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको छ ।

यसअघि नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशनबमोजिम बजार बन्द गरिएको थियो । अवस्था सहज भएपछि आजबाट सेयर कारोबार खुला गरिएको हो । जेन–जी आन्दोलनमा क्रममा ठुलो मानवीय क्षति र भौतिक सम्पत्ति खरानी भएपछि लगानीकर्ता डराउँदा सेयर बजारमा पनि नेगेटिभ सर्किट लागेको हो।