मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आगजनी र तोडफोड भएका निजी क्षेत्रका संरचना निरीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo
  • महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटेल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो । 

काठमाडौं/ नेपाल उद्योग वाणिज्य महासंघले २३ र २४ भदौमा आन्दोलनका क्रममा निजी क्षेत्रका भौतिक संरचनामा भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको टोलीले काठमाडौंस्थित होटेल हिल्टन, कान्तिपुर मिडिया ग्रुप, गोल्छा गु्रप र भाटभटेनी सुपरमार्केट तथा व्यवसायी उपेन्द्र महतोको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको थियो । 

निरीक्षणका क्रममा महासंघका अध्यक्ष ढकालले निजी लगानी सुरक्षित हुन सक्ने वातावरण निर्माण गर्नु आजको प्राथमिकता रहेको र लगानीकर्तामा विश्वास जगाउन राज्यको दायित्व भएको बताए । आन्दोलनका क्रममा निजी सम्पत्तिमा आक्रण हुनु दु:खद भएको र यस्ता घटनाले व्यावसायिक वातावरणमा नकारात्मक असर पर्ने बताउँदै अध्यक्ष ढकालले शान्ति र सुरक्षाको वातावरण कायम राख्न सरकार, नागरिक समाज, र सबै सरोकारवालालाई आग्रह गरे । ‘देशको समग्र आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान छ । पछिल्लो विकसित घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ,’ उनको भनाइ थियो । अध्यक्ष ढकालले घटनाका दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नहुने कुरामा जोड दिए । 

निरीक्षणका क्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरजकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्यसहित महासंघका सदस्यहरूले व्यवसायी उपेन्द्र महतो, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा हिल्टनका सञ्चालकहरूसँग घटनाक्रम तथा क्षतिबारे जानकारी लिएका थिए । महासंघले व्यवसायीको सुरक्षा, व्यावसायिक वातावरण निर्माणमा सधैँ साथ रहेको जनाएको छ ।

सुरक्षा र लगानीकर्तामा विश्वासको वातावरण निर्माणमा जोड  : चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
आर्थिक विकास तथा रोजगारी सिर्जनामा निजी क्षेत्रको ठुलो योगदान छ । पछिल्लो घटनाक्रमले व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । निजी क्षेत्रको सम्पत्ति संरक्षण र व्यावसायिक स्थिरताका लागि शान्तिपूर्ण वातावरण अपरिहार्य छ । सरकारले घटनाका दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।