Skip This
काठमाडौं–धनगढीमा सस्तो हवाई टिकट अहिले पाइन छाड्यो 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
Invalid date format १o:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं–धनगढीमा सस्तो हवाई टिकट अहिले पाइन छाड्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४८:oo

काठमाडौं–धनगढी उडानमा हवाई कम्पनीहरूले न्यूनतम मूल्यका टिकट बिक्री गर्नै छाडेका छन् । विमान कम्पनीहरूले केही दिनयता अधिकतम मूल्यका मात्र टिकट बिक्री खुलाएका छन् । १२ हजार रुपैयाँभन्दा कम मूल्यका टिकट पाउन छाडेपछि सामान्य यात्रुहरू महँगो मूल्यमा टिकट किन्न बाध्य भएका छन् । अहिले यो रुटमा हवाई टिकटको मूल्य अधिकतम १६ हजार सात सय ८९ रुपैयाँ छ । बुधबार काठमाडौं–धनगढी हवाई टिकटको न्यूनतम मूल्य अनलाइनमा १२ हजार रुपैयाँ देखाएको छ । तर, सस्तो मूल्यको टिकट निकै थोरै मात्रै देखाइएको छ । अधिकांश टिकटको मूल्य १६ हजार सात सय ८९ रुपैयाँ छ । बुधबारका लागि धनगढी–काठमाडौं उडानमा भने अधिकांश टिकटको मूल्य ६ हजार आठ सय ९८ रुयैयाँ कायम गरिएको छ ।

काठमाडौं–धनगढी उडानमा शुक्रबारसम्म १२ हजार रुपैयाँभन्दा कम मूल्यको टिकट अनलाइनमा देखिएको छैन । ५ असोजदेखि ३ दिनसम्म भने १० हजार ६ सय रुपैयाँको टिकट पनि अनलाइनमा देखिन्छ । अहिले टिकटको मूल्य अधिकतम १६ हजार सात सय ८९ रुपैयाँसम्म कायम गरिएको भए पनि यसअघि सबैजसो टिकट न्यूनतम मूल्य साढे सात हजार रुपैयाँसम्ममा पाइन्थे । 

जेन–जी आन्दोलनका कारण देशभर धेरैजसो ठाउँमा कर्फ्यु लागेसँगै यातायातका साधन बन्द भएपछि विमान कम्पनीहरूले काठमाडौं–धनगढी रुटमा न्यूनतम मूल्यका टिकट बिक्री गर्न छाडेका हुन् । अहिले दसैँँको मुखमा हवाई यात्रा गर्ने यात्रुको चाप बढेपछि विमान कम्पनीहरूले न्यूनतम मूल्यका टिकट हटाएर अधिकतम मूल्यका टिकट बिक्री गर्न थालेका हुन् । काठमाडौं–धनगढी अहिले दैनिक आठवटा उडान हुने गरेका छन् । श्री एयरलाइन्सले दैनिक ६ वटा र बुद्ध एयरले दैनिक दुईवटा उडान गरिरहेको धनगढी विमानस्थल कार्यालय प्रमुख बालकुमार सिंहले जानकारी दिए । श्रीले आफ्नो एउटा विमान राति धनगढी विमानस्थलमै राख्छ । काठमाडौंसँग सीधा उडान गर्ने यो सुदूरपश्चिमको एक मात्र विमानस्थल हो । 

हवाई टिकटको मूल्य अकासिएपछि सर्वसाधारण मारमा परेका छन् । ‘अरू वेला साढे सात हजारमै यात्रु बोक्न मिल्ने, तर चाडबाडका वेला नमिल्ने पनि हुन्छ,’ हालै यो रुटमा यात्रा गरेका धनगढीका खगेन्द्र साउदले भने, ‘चाडपर्व आउनै लाग्दा टिकटमा विमान कम्पनीहरूको मनपरी सुरु भएको छ, सरकारी निकाय केही गर्दैनन् ।’ सम्पन्नले मात्र हवाई यात्रा नगर्ने भन्दै उनले कतिपय स्वास्थ्य समस्याजस्ता कारणले हवाई यात्रा गर्नुपर्ने बाध्यता भएका सर्वसाधारण टिकटको मूल्य बढी हुँदा मारमा परेको बताए ।