
सरकारले जेन–जी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवार काठमाडौंमा बस्दा लागेको खर्च व्यहोर्ने निर्णय गरेको छ । आइतबार पदभार ग्रहणपछि सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे निर्णय गरेको जानकारी गराएकी हुन्।
साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पुर्याउन चाहनेलाई सवारीसाधनको व्यवस्था पनि गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।
त्यस्तै, प्रदर्शनका क्रममा घाइते भएकाहरू अपांगको परिभाषाभित्र परेको खण्डमा पछिसम्म उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको उनले बताइन् ।