
धनकुटाको सहिदभूमि गाउँपालिकामा आज विहान ११.४५ बजे ट्याक्टर दुर्घटना हुदाँ सहचालकको घटनास्थलमा नै मृत्यू भएको छ ।
सहिदभूमि गाउँपालिका–३ पञ्चकन्यास्थित भित्री सडकखण्डमा सेतीचोकबाट पञ्चकन्यातर्फ आउँदै गरेको को २ त ८६९९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट ८० मीटर तल खसेको थियो ।
उक्त ट्याक्टरका सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय खगेन्द्र परियारको ट्याक्टरले किचेर घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त ट्याक्टरका चालक सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय सचिन शिवा भने घाईते भएका छन् । उनको अहिले जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको छ । घाईते शिवाको टाउकोमा चोट लागेको छ । ट्याक्टर अहिले घटनास्थलमा नै रहेको छ भने दुर्घटनाको कारण अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।