मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ २८ शनिबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा कर्फ्यु हट्यो, आइतबार बिहान ५ बजेसम्म निषेधाज्ञा 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १७:o७:oo

मंगलबार कञ्चनपुरमा जेन–जी आन्दोलन उग्र हि‌ंसात्मक नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा र कर्फ्यु जारी गरेको आदेश क्रमिक रूपमा हट्दै गएको छ । 

२४ भदौ बिहान ११बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको थियो । सोही दिन राति १० बजेदेखि कर्फ्युसहित नेपाली सेनाले देशभरको सुरक्षा जिम्मा लिएको थियो । पूर्वप्रधानन्यायाधिश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्तसँगै पछिल्लो राजनीतिक परिस्थित समान्य बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यु हटाएको र २९भदौ बिहान ५ बजेसम्म निषेधाज्ञा जारी रहेको जनाएको छ । 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मुलुकको अवस्था केही सुधारोन्मुख हुँदै गएपछि जिल्लामा पनि कर्फ्यु हटाएको र आइतबार बिहानदेखि निषेधाज्ञा पनि जारी हुने बताए। निषेधाज्ञा हटेसँगै पाँच दिनदेखि असहज भएको जनजीवन समान्यतर्फ उन्मुख भइरहेको छ। 

स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६(१),६(३) र ६(क)अनुरूप अर्को सूचना जारी नहुँदासम्म कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो। ६(क) अनुरूप कर्फ्यु आदेश हटाएको र ६(१र३)को आदेश शनिबार रातभर जारी रहने जनाएको छ। 
कञ्चनपुरमा २३भदौमा शान्तिपूर्ण भएको जेन-जी आन्दोलन, २४ भदौ बिहान १० बजेदेखि उग्र बन्दै गएपछि जिल्ला सुरक्षा समितिले बिहान ११बजेदेखि लागू हुने गरेर कर्फ्यु आदेश जारी गरेको थियो।

यद्यपि, देशभरजस्तै कञ्चनपुरमा पनि आन्दोलन नियन्त्रणबाहिर गएपछि निजीघरदेखि सार्वजनिक सरकारी संरचना तोडफोड, आगजनी, लुटपाट भएको थियो।