मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन जी आन्दोलनका घाइतेबीच पुग्दै प्रधानमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाँदै छिन् ।

शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केही बेरमै वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिने छिन् ।

त्यसपछि उनले आन्दोलनकै क्रममा आगजनीमा परेको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जस्थित प्रहरी वृत्तको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ । कोटेश्वरमा भएको आगजनीमा केही प्रहरीको मृत्यु भएको थियो । जेन जेड आन्दोलनमा हालसम्म ५१ जनाको ज्यान गएको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।