मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
Invalid date format १३:२८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२८:oo

सल्यानमा गत आर्थिक वर्ष २०८१/०८२ मा तीन सय ११ महिलाले निःःशुल्क सुरक्षित गर्भपतन सेवा लिएका छन् । गर्भपतन गरोनमा २० वर्ष मुनिका ११ र २० माथिका तीन सय महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा सल्यान जिल्ला अस्पतालसहित अनुमति प्राप्त नौ स्वास्थ्य संस्थाबाट औषधी तथा साधारण उपकरणका माध्यमबाट महिलाले १२ हप्तासम्मको गर्भपतन गराएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । गर्भपतनका लागि सल्यान अस्पताल र अन्य सात वटा स्थानीय तहका आठ स्वास्थ्य संस्था सूचीकृत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सूचीकृत स्वास्थ्य संस्था वनगाढ कुपिन्डे नगरपालिकास्थित देवस्थल स्वास्थ्य चौकीबाट सबैभन्दा बढी एक सय दुई महिलाले गर्भपतन गराएका छन् । जथाभाबी गर्भपतन गराउनाले महिलाको ज्यानैसमेत जान सक्ने हुनाले असुरक्षित गर्भपतन गराउन नहुने कार्यालयका पब्लिक हेल्थ नर्सिङ निरीक्षक सेतु शाहीले बताए। असुरक्षित गर्भपतन गराउँदा तत्कालको असर गर्भपतन पूर्ण रूपमा नभई बढी रगत बग्ने, पाठेघरमा संक्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघरनै निकाल्नुपर्ने अवस्था आउन सक्ने, महिलाको मृत्युसमेत हुन सक्ने तथा पछिसम्म हुन सक्ने समस्यामा तल्लो पेट दुखिरहने, बाँझोपन हुने र पाठेघर नै फाल्नुपर्ने अवस्था आउद सक्ने उनको भनाइ छ । 

सुरक्षित गर्भपतन सेवा कानुनले मान्यता दिए पनि सेवाग्राही महिलालाई सेवा कुन स्वास्थ्य संस्थामा उपलब्ध छ र कुन समयावधिमा सुरक्षित गर्भपतन गर्न सकिन्छ भन्नेबारे जानकारी नभएका कारण पनि यस्तो समस्या देखिएको शाहीको भनाइ छ । उनले भने,‘सूचीकृत नभएका निजी अस्पताल तथा मेडिकलबाट सेवा लिँदा हुन सक्ने सम्भावित जटिलतालाई न्यूनीकरण गर्नका लागि सम्बन्धित अस्पताल तथा मेडिकलले सूचीकृत संस्थामा पठाउनु पर्छ । यसमा स्थानीय तहले पहल गरी अगुवा भूमिका निर्वाह गर्न सके भने असुरक्षित गर्भपतनबाट हुन सक्ने जटिलता तथा मृत्यु न्यूनीकरण गर्न सकिन्छ ।’ 

जिल्लामा १२ हप्तासम्मको गर्भपतन गर्नका लागि मात्रै स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । त्योभन्दा माथिको गर्भपतनका लागि जिल्लाबाहिर नै जानुपर्ने बाध्यता छ ।