मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेनजी आन्दोलन : कारागारबाट भागेका कैदीबन्दीको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

२४ भदौ (मंगलबार) जेनजी आन्दोलनकारी कञ्चनपुर कारागारभित्रै पसेपछि त्यहाँबाट ज्यान जोगाउन भागेका एक कैदीबन्दीको मृत्यु भएको छ । लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका बेलडाँडी गाँउपालिका १ लक्ष्मी टोलका २७  वर्षीय पदम राज भट्टको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले शनिबार भट्ट घरमै मृत फेला परेको बताए । ‘कारागारबाट भागेका कैदीबन्दीमध्ये भट्ट घरको ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका रहेछन,‘प्रवक्ता बोहराले भने, ‘घटनाको अनुसन्धान अघि बढाइसकेका छौँ ।’ 

प्रवक्ता बोहराका अनुसार अदालतले भट्टलाई लागु औषध मुद्दामा पाँच वर्ष ६ महिना कैद सजाय तोकेको जस अनुरुप भट्ट  ११बैशाख ०८०देखि कैद भुक्तान गरिरहेका थिए । 

जेलबाट भागेर घर पुगेका उनलाई घर परिवारले पुन कारागारमै बसेर राज्यको नियमको पालना गर्न भनेपनि निषेधाज्ञा, कफ्युका कारण पछि जान्छु भन्दै आएको जनाइएको छ । लागुऔषध मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका भट्ट र उनका केही साथीहरुसँग झै झगडा भएका केहीलाई प्रहरीले सोधपुछका लागि इप्रका बेलडाँडी लगेको प्रहरीले जनाएको छ । भट्टको मृत्युसँगै घर परिवार शोकाकुल भएका परिवारले मृत्युको कारण खोजेका छन् ।

कञ्चनपुर कारागारमा कुल कैदीबन्दी मध्ये ३८प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका थिए । कुल चार सय ७९ कैदीबन्दी मध्ये २० जना मात्रै भागेका थिएनन । आफैँ आउनेदेखि पक्राउ गरेर ल्याउनेक्रम जारी रहेको कारागार प्रशासनले जनाएको छ ।