
राष्ट्रिय मानव अधिकार आयोगले मुलुकमा उत्पन्न संकटपूर्ण परिस्थितिबाट निकास खोज्न मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनलाई आधार बनाउनुपर्ने सुझाव दिएको छ ।
आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसँग नियमित सम्पर्क गरिरहेको बताएको छ । आयोगले राष्ट्रपतिलाई मुलुकमा मानव अधिकारको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, शान्ति स्थापनाको सुनिश्चितता र कानुनी शासनको प्रत्याभूतिका लागि आवश्यक कदम चालिने भन्नेमा विश्वास व्यक्त गरेको छ ।
आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले आयोगले वर्तमान परिस्थितिबारे अन्य सरोकारवाला निकायहरूसँग पनि निरन्तर संवाद र सम्पर्क गरिरहेको बताए ।