मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निषेधाज्ञाकै बिचमा जितिया पर्वको किनमेल गर्न तीन घण्टा बजार खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

जिल्ला प्रशासन कार्यालय सिराहाले शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको भए पनि तराई मधेशका महिलाले मनाउने सांस्कृतिक पर्व जितियालाई मध्यनजर गर्दै दिउँसो तीन घण्टा बजार खुला गरिने जनाएको छ । 

नागरिकहरूको जिउधनको सुरक्षा तथा जनजीवनलाई सामान्यीकरण गर्दै जाने क्रममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सात घण्टा निषेधाज्ञा जारी गरिएको भए पनि जितिया पर्वका लागि किनमेल गर्न तीन घण्टा बजार खुला गर्ने निर्णय गरिएको सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । ‘शुक्रबार दिउँसो ३ बजेदेखि ६ बजेसम्म किनमेलका लागि स्थानीय हाटबजार, पसलहरू खुला राख्ने निर्णय गरिएको छ,’ उनले भने । 

इलाका प्रशासन कार्यालय लहानका शाखा अधिकृत सन्तोष रायले आफ्नो इलाकाको कार्यक्षेत्रअन्तर्गत लहानमा साप्ताहिक रूपमा लाग्ने साप्ताहिक शुक्रबारे हटिया, बजार, पसल किनमेल गर्न तीन घण्टाका लागि खुला गरिएको बताए । ‘हटिया, पसलमा आफ्नो व्यापार, किनमेल गर्दा अनावश्यक भिडभाड नगर्न, आफूलाई चाहिएको सामग्री खरिद गरेलगत्तै आ–आफ्नो घर फर्किन अनुरोध छ,’ उनले भने, ‘अन्यथा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि, लुटपाटको घटना भएमा सुरक्षा निकायले आवश्यक कारबाही गर्नेछ ।’ 

तराई मधेशका जिल्लाहरूमा महिलाहरूले शनिबारदेखि सोमबारसम्म सांस्कृतिक पर्व जितिया मनाउँदै छन् । जितिया पर्वमा महिलाहरू आफ्ना सन्तानको दीर्घायु तथा सुस्वास्थ्यका लागि २४ घण्टासम्म पानीसमेत नपिई निराहार कठोर व्रत बस्छन् । आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म यो पर्व मनाइन्छ ।