मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सहज बन्दै आयात–निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२२:oo
  • बिहीबार वीरगन्जबाट ग्यास, पेट्रोल बोकेका  ८४ वटा मालवाहक सवारी भित्रिए : भन्सार विभाग

जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेका भारततर्फका प्रमुख भन्सार कार्यालयहरू सहज रूपमा सञ्चालन हुँदै गएका छन् । भन्सार विभागका अनुसार आइतबारदेखि सबै भन्सार कार्यालयहरू सञ्चालनमा आउेछन् । 

विभागका सूचना अधिकारी किशोर बर्तौलाले प्रमुख व्यापारिक नाका वीरगन्जबाट बिहीबार साँझ ६ बजेसम्म अत्यावश्यक वस्तु बोकेका ८४ वटा मालवाहक सवारी साधन भित्रिएको जानकारी दिए । उनले भने, ‘बढी जसो ग्यास बुलेट, पेट्रोलजस्ता अत्यावश्यक सामान लिएर गाडी जाँचपास भएका छन् ।’ 

उनका अनुसार भैरहवाबाट १३ वटा ट्रक निर्यातका लागि जाँचपास भएका छन् । जेनजीको आन्दोलनका क्रममा मेची, भैरहवा, कैलाली र जनकपुरका भन्सार कार्यालय क्षतीग्रस्त भएका थिए । आइतबारसम्ममा यी कार्यालयहरू पूर्णरूपमा सञ्चालनमा आउने सूचना अधिकारी बर्तौलाको भनाइ छ ।

विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भर्चुअल रूपमा भन्सार कार्यालयहरूसँग नियमित रूपमा सम्पर्कमा बसेको जानकारी दिए । उनले भने, ‘सोमबार र मंगलबार आयात–निर्यातमा समस्या थियो । तर अब सहज हुँदै गइरहेका छन् । अत्यावश्यक वस्तु निर्वाध रूपमा आयात भइरहेका छन् ।’