मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 12 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेसा–व्यवसाय र रोजगारीको सुरक्षा प्रत्याभूति गर्न उवासंघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:११:oo
  • स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भ्रष्टाचारमुक्त प्रणाली, लगानी र रोजगारीको प्रवर्द्धनतथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माण गर्न जोड

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले स्वतन्त्र पेसा–व्यवसाय, लगानी र रोजगारीको प्रवर्द्धनतथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माण गर्न सरोकारवालाई आग्रह गरेको छ ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकलाई अर्थ–सामाजिक संकटबाट बाहिर निकाल्दै व्यवस्थित र दिगो आर्थिक विकासतर्फ अघि बढाउन आह्वानसमेत गरेको छ ।

‘जेन–जी पुस्ताले सामाजिक सञ्जाल निषेध गर्ने र भष्ट्राचारविरुद्ध सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको राष्ट्रिय सम्पत्ति र जनधनको क्षतिप्रति यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौं गहिरो दु:ख व्यक्त गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यस संघ युवापुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशको शान्ति सुरक्षा, नागरिकको सेवामा सहज पहुँच, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता तथा भ्रष्टाचारमुक्त प्रणाली, लगानी र रोजगारीको प्रवर्द्धनतथा सुरक्षाका लागि उपयुक्त वातावरण निर्माणमार्फत समुन्नत समाज बनाउन सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गर्दछ ।’

संघले नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने सम्पूर्ण समन्वयात्मक कार्यमा सहयोग गर्न र मुलुकलाई अर्थ–सामाजिक संकटबाट बाहिर निकाल्दै व्यवस्थित र दिगो आर्थिक विकासतर्फ अघि बढाउन संघ दृढ प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेको कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै, देशको अर्थतन्त्र पुन: गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्न हामी प्रतिबद्ध छौँ,’ संघको भनाइ छ ।