
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
देउवाको स्वास्थ्यमा सुधार भइरहेको उनका स्वकीयसचिव भानु देउवाले जानकारी दिए। देउवाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ।
देउवा र उनकी श्रीमती परराष्ट्रमन्त्री आरजु देउवा राणालाई बुढानीलकण्ठस्थित निवासमै प्रवेश गरेर प्रदर्शनकारीले कुटपिट गर्दै घरमा आगजनी गरेका थिए।
कुटपिट र लछारपछार गरी उनीहरूले देउवा दम्पतीलाई सेनाको जिम्मा लगाएका थिए।