मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहले भने– सरकारी र निजी सम्पत्तिमा क्षति गर्ने र राजीनामा दिन धम्की आइरहेको छ

जेन्जीका जायज मागमा समर्थन छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

सरकारी र निजी  सम्पत्तिमा क्षति गर्दै जनप्रतिनिधिलाई राजीनामाका लागि ज्ञात अज्ञात समूहहरूबाट धम्की आएको भन्दै स्थानीय तहहरूले निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन आग्रह गरेका छन्।

गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति र सुरक्षा नियकाहरूसमक्ष यस्तो माग गरेका हुन्।

‘स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुर्‍याउने साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भैरहेका छन्,’
विज्ञप्तिमा भनिएको छ।

जेन-जीको आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिताजस्ता मागमा समर्थन जनाउँदै ती नै संगठनले आन्दोलनको आडमा भएका अवाञ्छित घुसपैठका कारण आगजनी र तोडफोडका घटनाको भने भर्त्सना गरेका छन्।

‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्योलता अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधिप्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन सम्माननीय राष्ट्रपतिज्यूसमक्ष हार्दिक आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।