
जेन–जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार मृतकको संख्या ३४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर विभिन्न अस्पतालमा एक हजार ३६८ जना घाइते उपचाररत रहेकामा ९४९ जना डिस्चार्ज भएका छन् । अहिले ३२१ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
मन्त्रालयका अनुसार काठमाडौँको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेस्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई, बयोधा अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताल, बिएनसी अस्पतालमा एक–एकजनाको मृत्यु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबिच झडप भएको थियो ।