
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र भएको उल्लेख गरेका छन्। बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेता बाँस्कोटाले आफू सच्चिँदै अरूलाई पनि सच्याउनुपर्नेमा जोड दिए । राजनीतिक समस्याको समाधान संविधानबाहिरबाट हुन नसक्ने उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘मरुभूमिको फ्याउरो दक्षिण एसियामा तीव्र वेगमा छ। हामी आफू सच्चिनुपर्छ र सच्याउनुपर्छ। तर, डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो ।राजनीतिक समस्याको समाधान संविधानबाहिरबाट हुन सक्दैन। देश र डेमोक्रेसी हाइज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि ? त्यो समयले प्रस्ट गर्छ।