मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको फोक्सो ड्यामेज, आज शल्यक्रिया

कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको उपचार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३५:oo

आन्दोलनकारीले घरमै आगजनी गर्दा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था गम्भीर छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार जारी छ ।

अस्पतालका प्रमुख डा. किरण नकर्मीले चित्रकारको अवस्था गम्भीर रहेको बताए । ‘उहाँको अवस्था क्रिटिकल छ, सघन कक्षमा उपचार भइरहेको छ, फोक्सो ड्यामेज भएको छ, बिहीबार अपरेसनको योजना छ,’ उनले भने । नकर्मीका अनुसार चित्रकारबाहेक २५ जना घाइते उपचारका लागि भर्ना भएकामा २२ जना डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, जेनजी युवाहरूको आक्रमणबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाको उपचार प्रक्रिया नेपाली सेनाको टिमले गरिरहेको छ । दुवैलाई नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने उपचार पनि सेनाको मेडिकल टिमले गरिरहेको बताइएको छ