मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आन्दोलनका क्रममा घाइते लहानका युवक काठमाडाैंमा बेपत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२६:oo

जेन–जी समूहको आन्दोलन हेर्न गएका सिराहा लहानका एक युवक घाइते भएपछि अस्पतालसम्म पुगेको र त्यसपछि बेपत्ता भएको परिवारजनले जनाएको छ । सिराहाको लहान नगरपालिका– १५, ढोढना सिमलटोकी घर भएका हरिप्रसाद चौधरीका कान्छा छोरा करिब २७ वर्षीय विजय चौधरी बेपत्ता भएको भन्दै परिवारजनले खोजीका लािग सहयोग गरिदिन आग्रह गरेका छन् । लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार विजय मंगलबार साँझ काम गरेर डेरा फर्किने क्रममा साँझ करिब पाँचे बजेतिर बानेश्वरमा भइरहेको प्रदर्शन हेर्न पुगेका थिए । ‘त्यहाँ घाइते भएका भनिएका उनलाई कसैले सिभिल अस्पताल पुर्‍याएर भर्ना गरिदिएको पाइयो,’ उनले भने, ‘त्यसपछि कहाँ कुन अवस्थामा छन् भन्ने यकिन नहुँदा परिवारजन ठुलो चिन्तामा परेका छौँ ।’ 

चौधरी करिब आधा दशकभन्दा बढी समयदेखि काठमाडौंको पेप्सीकोलामा डेरा लिएर श्रीमती र सानी छोरीसहित बस्दै आएका थिए । हाउसवायरिङको काम गर्दै आएका विजय कताबाट कसरी मंगलबार साँझ बानेश्वर पुगे, कसरी घाइते भए र कसले अस्पतालसम्म पुर्‍यायो भन्नेसम्म पनि यकिन नभएको बाबु हरिप्रसादले बताए । ‘संघीय राजधानी काठमाडौंसहित मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा, कर्फ्यु भएकाले खोजीका लागि घरबाट पनि कोही जान सकिरहेका छैनौँ, असहज अवस्थाका कारण काठमाडौंमै रहेका आफन्तले पनि सबै अस्पतालहरू पुगेर खोज्न सकिरहेका छैनन्,’ उनले भने । उनले छोराको खोजीका लागि सहयोग गर्न अधिकारकर्मी र प्रहरीसँग आग्रह गरेका छन् ।

सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट रोक्न आग्रह
जिल्ला सुरक्षा समिति सिराहाले केही स्थानमा केही आपराधिक तत्वले गरिरहेको सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट तथा समाजमा आतंक सिर्जनाजस्तो आपराधिक काम तत्काल रोक्न आग्रह गरेको छ । आन्दोलनरत पक्षले विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गरिसकेको र नयाँ सरकार गठनको सुरुवात भइसकेको, कर्फ्युको आदेश जारी भएको समयमा त्यस्तो कार्यलाई गम्भीर अपराध ठहर गरी तत्काल कानुनको दायरामा ल्याउन जिल्ला सुरक्षा समिति क्रियाशील रहेको जनाएको छ । त्यस्ता आपराधिक कार्यलाई नियन्त्रण गर्न स्थानीय नागरिक समाज, सामुदायिक प्रहरी, पत्रकार, स्थानीय संघ–संस्था तथा बौद्धिक समुदायले समेत सहयोग पुर्‍याउन समितिको आग्रह छ ।

सुरक्षा समितिले कर्फ्यु अवधिमा कुनै पनि हालतमा घरबाट बाहिर ननिस्किन, अत्यावश्यक काम परेमा मात्र स्थानीय प्रहरीसँग समन्वय गर्नसमेत आग्रह गरेको छ । आन्दोलनका क्रममा मंगलबार जिल्ला सदरमुकाम सिराहास्थित जिल्ला अदालत, नगरपालिका, नापी तथा जिल्ला सरकारी वकिल कार्यालय र लहान नगरपालिकासहित करिब एक दर्जन सरकारी कार्यालय तोडफोड, आगजनी भएको थियो । आन्दोलनको नाममा मंगलबार अपराह्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा रहेको १० करोड रुपैयाँभन्दा बढीको चामल, चिनी, ८० हजार थान जुटका बोरा लुटपाट भएको थियो ।