
रास्वपाका दुई सांसदले राजीनामाको घोषणा गरेका छन् । ललितपुरबाट प्रत्यक्ष निर्वाचित डा. तोसिमा कार्की र समानुपातिकतर्फका सांसद असिम शाहले राजीनामा दिएका हुन् ।
जेन–जीको आन्दोलनलाई साथ दिन आफूहरूले राजीनामा दिएको उनीहरूले बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले जेलबाटै सोमबार राजीनामाका लागि तयारी अवस्थामा बस्न सांसदहरूलाई निर्देशन दिएका थिए । यसबारे पार्टीले आधिकारिक निर्णय लिनुपूर्व नै उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।