मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
२o८२ भदौ २४ मंगलबार १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रियुगा नगरपालिका कार्यालयमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १५:५७:oo

उदयपुरको त्रियुगा नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन्। सरकारी दमनको विरोध गर्दै मंगलबार आन्दोलनकारीले त्रियुगा नगरपालिकाको कार्यालयमा आगजनी गरेका हुन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेका अनुसार जिल्ला सदरमुकाम गाईघाटमा रहेको अधिकांश सरकारी कार्यालय तोडफोड भएको छ। उनले भने, ‘अहिले त्रियुगा नगरपालिकामा लगाइएको आगो नियन्त्रणमा लिने प्रयास गर्दै छौँ। सरकारी कार्यालयमा तोडफोड भएको छ।’

उदयपुरको कटारी, बेल्टार, गाईघाटलगायतका बजार क्षेत्रमा आन्दोलन जारी छ।