
प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
अपिल जारी गर्दै प्रधानमन्त्रीले ‘हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुःखी छु’ भनेका छन् ।
कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि भएको उल्लेख गरेका छन् ।
उत्पन्न परिस्थितिको मूल्यांकन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेको बताएका हुन् ।